PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

मन्त्रिपरिषद् बैठक बस्दै, दोस्रो चरणको निर्वाचनबारे आयोगलाई प्रस्ताव गरिने



पहिलोपोस्ट

मन्त्रिपरिषद् बैठक बस्दै, दोस्रो चरणको निर्वाचनबारे आयोगलाई प्रस्ताव गरिने

काठमाडौं : आन्दोलनरत मधेसी मोर्चा र सरकारबीच भएको सहमति अनुसार दोस्रो चरणको निर्वाचनको मितिबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठक सिंहदरवारमा बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकले दलीय सहमति अनुसार दोस्रो चरणका लागि प्रस्तावित जेठ ३१ गतेको मितिबारे परामर्शका लागि निर्वाचन आयोगसमक्ष औपचारिक प्रस्ताव पठाउने निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए। निर्वाचन आयोग ऐन अनुसार निर्वाचनको मिति घोषणा तथा हेरफेरमा सरकारले आयोगसँगको परामर्शमा गर्नुपर्ने व्यवस्था छ। सो व्यवस्था अनुसार र राजनीतिक सहमति अनुसार दोस्रो चरणको निर्वाचनबारे सरकारले आयोगसँगको औपचारिक प्रक्रियाका लागि प्रस्ताव पठाउन लागेको हो।

शनिबार सत्तारुढ दल आन्दोलनरत मधेशी मोर्चाबीच निर्वाचन दुई चरणमा गर्ने सहमति भएको थियो। पूर्व घोषित मिति वैशाख ३१ गते प्रदेश ३, ४ र ६ मा निर्वाचन गर्ने र बाँकी ४ वटा प्रदेशमा जेठ ३१ गते निर्वाचन गर्ने सहमति भएको थियो।

यस्तै, विचाराधीन संविधान संशोधन प्रस्ताव परिमार्जन गर्ने, र मोर्चाले आन्दोलनका कार्यक्रम फिर्ता लिने पनि सहमति भएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell