
वैशाख : माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले सरकार र सङ्घीय गठबन्धनबीच शनिबार भएको सहमतिलाई अनुमोदन गरेको छ।
आइतबार बिहान बसेको केन्द्रीय कार्यालयको बैठकले सरकार र गठबन्धनबीच भएको सहमतिको प्रस्तावलाई अनुमोदन गरेको हो। बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय गठबन्धन र मधेसी मोर्चाका नेताहरुसँग भएको सहमतिबारे बैठकमा नेताहरुलाई जानकारी गराएका थिए।
प्रचण्डले सहमतिपछि सवै राजनीतिक दल चुनावमा सहभागी हुने वातावरण बनेको भन्दै निर्वाचन तयारीमा लाग्न निर्देशन दिएका थिए। बैठकले सरकार र गठबन्धनबीच भएको सहमतिलाई कार्यान्वयन गर्न पार्टीले आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ।