PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

मन्त्रिपरिषद बहिस्कार गर्दै आएका उपप्रम निधि क्याविनेट मिटिङमा



पहिलोपोस्ट

मन्त्रिपरिषद बहिस्कार गर्दै आएका उपप्रम निधि क्याविनेट मिटिङमा

काठमाडौं : वरियता विवादका कारण मन्त्रिपरिषद् बैठक बहिस्कार गर्दै आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आजको मन्त्रिपरिषद बैठकमा सहभागी भएका छन्।

क्याविनेटको पोर्टफोलियोमा उपप्रधानमन्त्री कमल थापालाई माथि राखेपछि निधिले क्याबिनेट बहिस्कार गर्दै आएका थिए। यही विवादका कारण राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको विदाइ र फिर्ता हुन स्वागत गर्ने औपचारिक कार्यक्रममा समेत उनी देखिएका थिएनन्।

गृहमन्त्रीका रुपमा संसदमा जवाफ दिन जाँदा पनि उनी अप्रत्यासित रुपमा बाहिरैबाट रोस्टममा पुगेका थिए निधि। मन्त्रिपरिषद बहिस्कार गर्ने र संसदमा बोल्न पनि फरक तरिकाले उपस्थित भएकोमा उनको आलोचना हुँदै आएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले त उनको राजिनामा समेत माग गरेका थिए।

संविधान संशोधन परिमार्जन र दुई चरणमा निर्वाचन हुने विषयमा मधेसी मोर्चाबीच सहमति भएपछिको पहिलो क्याबिनेट मिटिङमा उनी उपस्थित भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell