PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

'डायरी' फिल्मको दुई पोस्टर आउट, छुल्ठिम र सन्नीको फिचरिङ



पहिलोपोस्ट

 'डायरी' फिल्मको दुई पोस्टर आउट, छुल्ठिम र सन्नीको फिचरिङ

काठमाडौं: फिल्म 'डायरी'को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। फिल्म युनिटले मुख्य दुई कलाकारको फिचरिङ रहेको दुई पोस्टर एकसाथ सार्वजनिक गरेको हो।

फिल्मका लागि नायिका छुल्ठिम गुरुङ र नायक सन्नी सिंहलाई दुबै पोस्टरमा देख्न सकिन्छ। तर फिल्ममा भिलेन रहेकी अभिनेत्री रेखा थापा भने दुबै पोस्टरमा देखिएकी छैनन्। जेठ पाँचबाट प्रदर्शनमा आउने फिल्मको प्रचारका लागि पोस्‍टर रिलिज गरिएको हो। रेखाको सोलो फिचरिङ रहेको नयाँ पोस्टर चाडै सार्वजनिक गर्ने फिल्म युनिटले बतायो। पोस्टर सान थापा र विजय बस्यालले डिजाइन गरेका हुन्।



छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको फिल्म मार्फत छुल्ठिमले निर्मात्रीको रुपमा डेब्यु गरेकी हुन्। फिल्ममा अन्य कलाकार बिनोद पौडेल , दिनेश डिसी लगायतलाईइ पनि देख्न सकिनेछ। छेतेन गुरुङको कथा रहेको फिल्मलाई शिव राम श्रेष्ठले छायांकन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell