PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

'बाहुबली २' प्रदर्शनमा रोक लाग्ने भएपछि कटप्पाले मागे माफी



पहिलोपोस्ट

'बाहुबली २' प्रदर्शनमा रोक लाग्ने भएपछि कटप्पाले मागे माफी

फिल्म बाहुबलीका चर्चित पात्र हुन् 'कटप्पा'। आठ वर्ष अघि भारतको कावेरी विवादमा दिएको अभिव्यक्तीका कारण विवादमा मुछिएका थिए कटप्पाको भूमिका निभाएका अभिनेता सत्यराज। आफ्नो सोही अभिव्यक्तीका लागि उनले  आठ वर्षपछि माफी मागेका छन्।

अभिव्यक्ती विवादका कारण भारतको कर्नाटकमा बाहुबली सिक्वेल 'बाहुबली द कन्क्लुजन' प्रदर्शनमा रोक लगाउने धम्की आयो। त्यसैले फिल्मलाई असर नपरोस् भनेर उनले आठ वर्ष अघि बोलेको कुराका लागि माफी मागेका हुन्। कर्नाटक रक्षणा वेदिके नामक संगठनले उनलाई फिल्म रिलिजमा रोक लगाउने चेतावनी दिएको बिबिसी हिन्दिले जनाएको छ। संगठनले पुरै राज्यमा सत्यराज विरुद्ध प्रदर्शन गरिरहेका छन्।



प्रदर्शनकारिका अनुसार सत्यराजले कर्नाटक-तमिलनाडु बीचको पानी बिभाजनमा  कन्नड समर्थक कार्यकर्ताको विरुद्ध आफ्नो विचार व्यक्त गरेका थिए। माफी माग्दै सत्यराजले भने,'म कर्नाटकका जनताको भावनामा ठेस पुग्ने कुरा गर्न सक्दिन।'

भने,'मैले केहि वर्ष अघि तामिलहरुमाथी हमला भएको कारण कर्नाटक विरुद्ध आफ्नो अभिव्यक्ती राखें। सधैं त्यस्ता हिंसा विरुद्ध बोलिनै रहन्छु। तर म चाहदिंन मेरो व्यक्तिगत कारण फिल्म निर्माण युनिटलाई कुनै असर परोस्।'  

फिल्म आउँदो अप्रिल २८ गतेबाट सार्वजनिक हुँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell