
आइपीएल अन्तर्गत आइतबार भएको पहिलो खेलमा किंग्स एलेभेन पञ्जावले जुगरात लायन्सलाई २२ रनले पराजित गरेको छ।
जितसँगै ७ खेलबाट ६ अंक जोडेको पञ्जाव अंक तालिकामा चौथो स्थानमा उक्लेको छ। ७ खेलबमा २ खेल मात्र जितेको गुजरात भने पुछारमा झरेको छ।
जारी सिजन तेस्रो जित हात पारेको पञ्जावको यो पहिलो अवे जित हो। यसअघका दुवै जित पञ्जावले घरेलु मैदानमा हात पारेको थियो।
राजकोटमा घरेलु टोली जुगरातले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। पञ्जावको लागि म्यान अफ दी म्याच हसिम अमलाले सर्वाधिक ६५ रन बनाए। ४० बल खेलेका अमलाले ९ चौका र २ छक्का प्रहार गरे।
यस्तै अक्सर पटेलले ३४, कप्तान ग्लेन म्याक्सवेलले ३१ तथा सन मार्सले ३० रन बनाए। जुगरातका अन्द्रे तयेले २ विकेट लिए।
जवाफमा १८९ रनको लक्ष्य पछ्याएको जुगरातले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो।
गुजरातका विकेटकिपर दिनेश कार्तिकले सर्वाधिक ५८ रन बनाएपनि जित दिलाउन पर्याप्त भएन। कार्तिकले ४४ बलमा ९ चौका प्रहार गर्दै नटआउट ५८ रन बनाएका हुन्। यस्तै कप्तान सुरेश रैनाले २२ तथा अन्द्र तयेले २२ रन बनाए।
बलिङमा पञ्जावका सन्दीप शर्मा, अक्सर पटेल र केसी करिएप्पपाले २-२ विकेट लिए।