PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

एफए कप : सान्चेजले अतिरिक्त समयमा गोल गरेपछि आर्सनल फाइनलमा, म्यानचेष्टर सिटी पराजित



पहिलोपोस्ट

एफए कप : सान्चेजले अतिरिक्त समयमा गोल गरेपछि आर्सनल फाइनलमा, म्यानचेष्टर सिटी पराजित

म्यानचेष्टर सिटीलाई पराजित गर्दै आर्सनल एफए कपको फाइनलमा प्रवेश गरेको छ। 

एक गोलले पछि परेको स्थिती उल्टाउँदै आर्सनलले उत्कृष्ट पुनरागमन गर्दै सिटीलाई २-१ ले पराजित गरेको हो। 

आर्सनलले अब उपाधिका लागि आगामी मे २७ मा चेल्सीसँग खेल्नेछ। 

आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलको ६२औं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाएका थिए। तर त्यसको दश मिनेटपछि नै नाचो मोनरेलल आर्सनलका लागि बराबरी गोल फर्काए। 

निर्धारित समयमको खेल १-१ को बराबरीमा सकिएपछि थप गरिएको ३० मिनेटमा आर्सनलले निर्णायक गोल गर्दै खेल जित्यो। आर्सनलाई फाइनल पुर्‌याउन १०१औं मिनेटमा एलेक्सिस सान्चेजले विजयी गोल गरे। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell