
रोएल च्यालेन्जर्स बैंगलोर आइपीएलको इतिहासमै सबैभन्दा कम स्कोरमा अलआउट भएको छ।
कोलकता नाइट राइडर्स विरुद्ध १३२ रनको सामान्य लक्ष्य पछ्याएको बैंगलोर ९.४ ओभरमा जम्मा ४९ रनमा अलआउट भएको हो।
यसअघि २००९ मा बैंगलोरले नै राजस्थान रोएल्सलाई ५८ रनमा अलआउट गरेको थियो।
यता यस सिजन कोलकताले सबैभन्दा कम स्कोर १३१ रन डिफेण्ड गर्दै बैंगलोर विरुद्ध ८२ रनको शानदार जित हात पार्यो।
एडेन गार्डनमा बैगलोरका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्। केदार जावदले बनाएको ९ रन नै बैंगलोरका खेलाडीले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर रह्ययो। बैंगलोरका कप्ता विराट कोहली, सामुएल बद्री र युभजेन्द्र चाहल शुन्यमा आउट भए।
बैंगलोरलाई इतिहासमै कम स्कोरमा रोक्ने क्रममा कोलकताका नाथन कल्टर नाइल, क्रिस वोक्स र कोलिन डे ग्राण्डहोमले ३-३ विकेट लिए भने उमेद यादवले १ विकेट झारे। चारै जना फास्ट बलर हुन्।
कल्टर नाइलले कप्ता कोहली (०), ए बि डे भिलिएर्स(८), केदार जादव (९) लाई आउट गर्दै बैंगलोरलाई सुरुवाती झड्का दिएका थिए। त्यसपछि वोक्स र ग्राण्डहोमले उक्त लयलाई निरन्तरता दिए।
ग्राण्डहोमले १.४ ओभरमा ४ रन मात्र खर्चे भने वोक्सले २ ओभरमा ४ रन मात्र खर्चे। त्यसअघि नाइलले ३ ओभरमा २१ रन खर्चेर ३ विकेट लिएका थिए।
त्यसअघि घरेलु मैदान एडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले १९.३ ओभरमा अलआउट हुँदै १३१ रन मात्र बनाएको थियो।
कोलकताका लागि ओपनर सुनिल नरिनले सर्विधक ३४ रन बनाए। ६५ रन बनाउँदा सम्म १ मात्र विकेट गुमाएका कोलकताले नरिनको विकेट पतन पछि नियमित अन्तरमा विकेट गुमाएको थियो। कोलकताका वोक्सले १८ तथा मनिस पाण्डे र सूर्यकुमार यादवले समान १५ रन बनाए।
आइपीएलको यसअघि बनेका कम स्कोर