
क्रिस्टियन बेनटेकेले २ गोल गरेपछि लिभरपुल एक गोलको अग्रता लिएरपनि क्रिस्टल प्यालेससँग घरेलु मैदान एनफिल्डमै २-१ ले पराजित भएको छ।
खेलको २४औं मिनेटमा फिलिप कउटिन्होले फ्रिकिकमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। तर एक गोलले पछि परेपनि भ्रमणकारी टोली क्रिस्टल प्यालेसले उत्कृष्ट पुनरागमन गर्दै २ गोल गर्यो।
बेनटेकेले खेलको दुवै हाफमा एक एक गोल गरे। ४२औं मिनेटमा बेनटेकेले व्यक्तिगत पहिलो गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याए।
बेनटेकेले ७२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै क्रिस्टल प्यालेसलाई शानदार जित दिलाए।
जितपछि क्रिस्टल प्यालेस २४ खेलबाट ३८ अंक जोड्दै रेलिगेशन जोनबाट माथि उठेको छ। १६औं स्थानमा रहेको प्यालेस जितपछि १२औं स्थानमा उक्लको छ।
हारपछि लिभरपुलले शीर्ष स्थानको चेल्सी र दोस्रो स्थानको टोटनहमसँग अंक दुरी कम पार्ने मौका समेत गुमाएको छ। ३४ खेल खेलिसकेको लिभरपुलको ६६ अंक छ। दुई खेल कम खेलेको म्यानचेष्टर सिटी ६४ अंकका साथ चौथो स्थानमा छ।
यता म्यानचेष्टर युनाइटेड बर्नीलाई २-० ले पराजित गर्दै शीर्ष चारमाको होडमा कायम रहेको छ। युनाइटेडलाई जित दिलाउन एन्टोनी मार्टिएल र वायन रुनीले एक एक गोल गरे। रुनीले लिगमा जनवरीपछि गरेको पहिलो गोल हो।
जितपछि ३२ खेलबाट ६३ अंक जोडेको युनाइटेड पाँचौ स्थानमा यथावत छ।