PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

आज लोकतन्त्र दिवस मनाइँदै, सरकारले कटौती गर्‍यो सार्वजनिक बिदा 



पहिलोपोस्ट

आज लोकतन्त्र दिवस मनाइँदै, सरकारले कटौती गर्‍यो सार्वजनिक बिदा 

काठमाडौं : २०६२/२०६३ को जनआन्दोलनमार्फत तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भएको दिनका रुपमा लोकतन्त्र दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। १९ दिने जनआन्दोलनको सम्झानामा लोकतन्त्र दिवस औपचारिक रुपमा मनाउँने गरिएको छ। एकात्मक शासन व्यवस्थाको अन्त्य गरी संघीय संरचनामा जाने आधार कोरेको जनआन्दोलनको स्मरण भने पछिल्ला वर्षहरु फिक्का बन्दै गएको छ।

सरकारले यसअघि नियमित दिँदै आएको सार्वजनिक बिदा यसपटक औपचारिक रुपमा कटौती गरेको छ । अघिल्लो वर्ष २०७२ सालमा लोकतन्त्र
दिवस शनिबार परेको थियो।  

जनआन्दोलनको दबाबमा तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटन गरेको प्रतिनिधिसभा पुनस्र्थापना गरेका थिए। जनप्रतिनिधिमूलक संस्था पुनस्र्थापना भएको दिनको सम्झनाका रुपमा पनि दिवस मनाइने गरिएको छ। पुनस्र्थापित प्रतिनिधिसभाको जेठ ४ गतेको २२ बुँदे घोषणापत्रले नै राजसंस्थाको औपचारिक अन्त्यको प्रस्ताव गरेको थियो। पहिलो संविधानसभाको पहिलो बैठकले उक्त प्रस्ताव पारित गरेको थियो। 

एक दशक लामो यात्रामा जनताका अपेक्षित सपना पूरा नभए पनि जनआन्दोलनको जगमा निर्वाचित संविधानसभाले दोस्रो प्रयासमा संविधान जारी गरेको छ। एकात्मक शासन व्यवस्थाको अन्त्य भई मूलुक संघीय संरचनामा प्रवेश गरे पनि व्यवहारिक अनुभूति जनताले अझै गर्न सकेका छैनन्। लोकतन्त्र सस्थागतका प्रश्न अहिले पनि बग्रेल्ती छन्।

उतरचढावबीच जनआन्दोलन ११ वर्षमा पुगेको छ। राजनीतिक संक्रमणको अवस्था निरन्तर  छ। संक्रमणकाल यतिबेला संवैधानिक रुपमा घोषित छ। जनआन्दोलनको जगमा युद्धरत तत्कालीन माओवादीको शान्तिमार्ग महत्वपूर्ण उपलव्धिका रुपमा रहेको छ। आन्दोलनपछिको विस्तृत शान्ति सम्झौताको जगमा भएको संविधानसभा निर्वाचन र घोषित संविधानले राज्यका निकायमा समावेशीतालाई अंगीकार गरेको छ। उच्च ओहोदामा मधेसी, महिला, जनजातिलाई पु¥याउन सफल भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell