PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

उम्मेद्वारी दर्ता २ दिन सर्‍यो, अब १८ गते स्थानीय तहमा उम्मेद्वारी दर्ता हुने



पहिलोपोस्ट

उम्मेद्वारी दर्ता २ दिन सर्‍यो, अब १८ गते स्थानीय तहमा उम्मेद्वारी दर्ता हुने

काठमाडौँ : प्रदेश ३, ४ र ६ मा बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार मनोनयनको कार्यतालिका परिवर्तन भएको छ।
 
आयोगले बैशाख १६ गते उम्मेद्वारी दर्ता गर्ने गरि यसअघि तयार गरेको कार्यतालिका सार्दै १८ गते उम्मेद्वारी दर्ताको नयाँ कार्यक्रम तय गरेको हो। 
मधेसी मोर्चा र सरकारसित बालुवाटारमा भएको छलफलपछि आयोगले २ दिन मिति सारेको हो। यसअघि आयोगले तयार गरेको कार्यतालिकामा १६ गते उम्मेद्वारी दर्ताको कार्यक्रम थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चाका नेताहरु र आयोगका पदाधिकारीलाई बोलाएर कार्यतालिका र दोश्रो चरणको निर्वाचनबारे परामर्श गरेका थिए। 

आयोगको पुरानो कार्यतालिकामा १६ गते मनोनय दर्ता, १७ गते उम्मेद्वारी माथि दाबी विरोध, १७ गते दाबी विरोध तथा मनोनयन जाँच र १८ गते मनोनय भएका उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको थियो। 

अब यो सबै कार्यक्रम पछाडी सर्नेछन्।

तर आयोगले भने दोश्रो चरणको निर्वाचनका लागि फेरि मतपत्र छाप्न, दल दर्ता गर्न र मतदाता नामावली संकलन गर्न नसकिने जनाएको छ। प्रमुख आयुक्त यादवले मतपत्र छपाइको नयाँ प्रक्रिया पनि सुरु गर्न नसकिने बैठकमा बताएका छन्। बैठकपछि यादवले भने ‘अव मतपत्र छपाइ र दल दर्ताको प्रक्रिया सुरु गर्न सकिन्न। दोस्रो चरणको निर्वाचनका अन्य कामका लागि आयोग तयार छ।’

बैठकमा प्रधानमन्त्रीले दल दोस्रो चरणको निर्वाचनको आवश्यक प्राविधिक व्यवस्थापनमा बीचको बाटो खोज्न आयोग पदाधिकारीलाई आग्रह गरेका थिए। प्रधानमन्त्रीको आग्रहमा आयोग पदाधिकारीले बीचको बाटो सरकारबाटै प्राप्त भए सहज हुने जवाफ दिएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell