
विश्वलाई नै चकित पार्दै ३९ वर्षका इम्मेनुअल म्याक्रोन फ्रान्सेली राष्ट्रपति पदका बलिया दावेदारका रुपमा अग्रता लिएका छन्। आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनमा मरिन लि पेनलाई झिनो अन्तरले पछि पार्दै उनले अग्रता लिएका हुन्। राष्ट्रपति पदका ९ प्रत्यासीमध्ये सबैभन्दा बढी मत ल्याउने उनी र निकटतम प्रतिस्पर्धी लि पेनबीच अन्तिम प्रतिस्पर्धा हुनेछ।
म्याक्रोनले २३.७५ प्रतिशत भोट हासिल गरे भने दोस्रो स्थानमा रहिन् लि पेन जसले २१.५ प्रतिशत मत पाइन्। तेस्रो स्थानमा रहेका फ्रेंकोस फिलनले १९.९ पाए।
मे ७ मा दोस्रो चरणको निर्वाचन हुँदैछ त्यसमा जित हासिल गर्न सके म्याक्रोन फ्रान्सेली राजनीतिमा सबैभन्दा कम उमेरका राष्ट्रपति हुनेछन्।
किङ करिअरलाई राजनीतिमा कन्भर्ट गरेका उनी इयुको पक्षमा लबिङ गर्ने नेताका रुपमा उदाएका छन्। इयुको सुधारको नीति लिएका म्याक्रोनको उदयसँगै विश्व बजारमा त्यसको प्रभाव देखिन थालेको छ। मत परिणाम सार्वजनिक हुँदै गर्दा अमेरिकी डलरको तुलनामा युरोको मूल्य बढ्न थालेको छ। युरोपको प्रमुख अर्थतन्त्रमध्येको एक फ्रान्सको राजनीतिले युरोपको आर्थिक भविष्य कता जाने भन्ने निर्क्यौल हुनेछ।