PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

एन गोलो कान्टे पीएफए प्लेअर अफ दी इअर घोषित



पहिलोपोस्ट

एन गोलो कान्टे पीएफए प्लेअर अफ दी इअर घोषित

चेल्सीका फ्रान्सेली खेलाडी एन गोलो कान्टे पीएफए प्लेअर अफ दी इअर घोषित भएका छन्। 

४४औं संस्करणको उपाधि जित्ने क्रममा कान्टेले चेल्सीकै एडेन हाजार्ड, एभरटनका रोमेलु लुकाकु, टोटनहमका ह्यारी केन, म्यानचेष्टर युनाइटेडका ज्लाटन इब्राहिमोभिच र आर्सनलका एलेक्सिस सान्चेजलाई पछि पारे। 

२६ वर्षीय कान्टेले गत वर्ष लेस्टरलाई पहिलो पटक प्रिमियल लिग च्याम्पियन बनाउने क्रममा महत्वपूर्ण भूमिका खेलेका थिए। गत जूलाईमा लेस्टरबाट चेल्सी पेका मिडफिल्डर कान्टेले लण्डन क्लबमा पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिइरहेका छन्। 

यस्तै टोटनहामा डेले अलीले लगातार दोस्रो पटक पीएफए योङ प्लेअर अफ दी इअरको अवार्ड जितेका छन्। 

इंगल्याण्डका पूर्व फुटबल कप्तान डेविड बेकहमलाई पीएफए मेरिट अवार्डबाट सम्मान गरिएको छ। ४१ वर्षीय बेकहमले इंगल्याण्डका लागि ११५ क्याप जित्दै इंगलिस क्लबका लागि ५९ पटक कप्तानी गरेका थिए। 

फोटो : http://thepfa.com/



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell