
काठमाडौं: अभिनेता आयुष्मान देशराज जोशीको फिचरिङ रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।‘तिम्रो आँखामा’ बोलको गीतको भिडियोमा मोडल तनुजा गुरुङ्सँग उनी देखिएका हुन्।
सागर राज र जय मल्लको स्वर रहेको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतमा जय मल्लको नै शब्द तथा संगीत रहेको छ। म्युजीक भिडीयोको निर्देशन समेत गायक सागर राजले गरेका हुन्।
सार्वजनिक भिडियोमा अनिल कुमार मानन्धरको छायाँकन र कृष्ण पाण्डेको सम्पादन छ। भिडीयोलाई जय मल्ल र नविन मल्लले संयुक्त रुपमा निर्माण गरेका हुन्।
हेर्नुस् भिडियो: