PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

हलिउड फिल्म 'अवतार'को चार सिक्वेल रिलिज टार्गेट तय



पहिलोपोस्ट

हलिउड फिल्म 'अवतार'को चार सिक्वेल रिलिज टार्गेट तय

हलिउड हिट फिल्म अवतारको सिवेल रिलिज डेट तय भयो। फिल्मको अफिसियल पेज मार्फत चार संस्करणको रिलिज घोषणा गरिएको हो। जेम्स क्यामरुन निर्देशित फिल्मको पहिलो भाग सन् २००९ मा सार्वजनिक भएको थियो।

रेकर्ड ब्रेकिङ हलिउड फिल्म 'अवतार'को सिक्वेल हालसालनै  प्रदर्शन हुन लागेको भने होईन। फिल्मको दोस्रो संस्करण  'अवतार २' सन् २०२० को डिसेम्बर १८ मा, 'अवतार ३' २०२१ डिसेम्बर १७ र सन् २०२४ डिसेम्बर २० मा 'अवतार ४' प्रर्दशनमा आउने भएको हो।

त्यस्तै फिल्मको अन्तिम संकरणको समेत रिलिज टर्गेट गरिएको छ। 'अवतार' को अन्तिम सिक्वेल सन् २०२५ को डिसेम्बर १९ मा रिलिज हुनेछ।

यसअघि अभतार २ सन् २०१८ मानै प्रदर्शनमा आउने भनिएको थियो। साइन फिक्शन जानराको फिल्म मानव र काल्पनिक ग्रहका नाभि जातिको बीचको द्धन्द्धको कथा हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell