PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

‘प्रश्नपत्र जिन्दगीको’ कविता सङ्ग्रह लोकार्पण



पहिलोपोस्ट

‘प्रश्नपत्र जिन्दगीको’ कविता सङ्ग्रह लोकार्पण

काठमाडौं: युवा कवि थीरलोचन श्रेष्ठको कविता संग्रह ‘प्रश्नपत्र जिन्दगीको’ काठमाडौंमा लोकार्पण भएको छ। संस्कृतिविद् तुलसी दिवस, प्राज्ञ श्रवण मुकारुङ, समालोचक महेश पौड्याल तथा ऐश्वर्य प्रकाशनका प्रबन्ध निर्देशक गणेश प्रसाद जोशीद्वारा संयुक्त रुपमा उक्त संग्रह लोकार्पण गरिएको हो।

आधुनिक नेपाली कविताको धारका बारेमा बोल्दै थिरलोचनले भने,'यो संग्रहमा प्रेम र ग्रामीण बिम्बहरूलाई मुख्य विषय बनाएको छु। यो धारणा प्रस्तुत गर्ने एउटा माध्यम पनि हो।'

कृतिका बारेमा बोल्दै प्राज्ञ श्रवण मुकारुङले श्रेष्ठको लेखाइमा आफ्नोपन रहेको बताए । ‘लेखकहरूले स्थान विशेषमै गएर कविता लेख्न सक्नुपर्छ, त्यो क्षमता पनि यी कविमा देखेको छु, प्राज्ञ मुकारुङको भनाइ छ,‘कवि भ्रममा बाँच्नु हुँदैन भन्ने कुरा यो कवितासंग्रहमा समावेश गरेका कविताहरुले दर्शाउँछन्।’

सङ्ग्रहलाई ऐश्वर्य प्रकाशनले बजारमा ल्याएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell