PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

भारतमा नक्सालवादी बिद्रोहीको धरापमा परी मर्नेको संख्या २४ पुग्यो



पहिलोपोस्ट

भारतमा नक्सालवादी बिद्रोहीको धरापमा परी मर्नेको संख्या २४ पुग्यो

नयाँ दिल्ली : भारतको मध्य छत्तिसगढ राज्यमा वामपन्थी नक्सालवादी विद्रोहीद्वारा सोमबार गराइएको धराप विस्फोटमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ। 

‘भारतीय अर्ध सैनिक बलसेन्ट्रल रिजर्ब सेकुरिटी फोर्स’का कम्तीमा २४ जना अधिकारीको मृत्यु भएको सुक्मा जिल्लाका अतिरिक्त प्रहरी प्रमुख जितेन्द्र शुक्लाले सञ्चारमाध्यमलाई बताए। घटनामा परी सात सुरक्षकर्मी घाइते भएका छन् । 

यस पहिले सेन्ट्रल रिजर्ब सेकुरिटी फोर्सका ११ जवानले धराप विस्फोटमा साहदत प्राप्त गरेका र सात जना घाइते भएका बताइएको थियो। 
छत्तिसगढ राज्यको सुक्मा जिल्लाका अतिरिक्त प्रहरी प्रमुख जितेन्द्र शुक्लाले बुर्का पाल गाउँ नजिकै गस्तीमा रहेको अर्ध सैन्य समूहलाई लक्षित गरी विस्फोट गराइएको बताए। उक्त समूह स्थानीय गाउँमा भइरहेको सडक निर्माण कार्यमा सघाउन त्यहाँ पुगेको थियो। 

घटनामा घाइते सबैलाई हेलिकोप्टरबाट उपचारका लागि नजिकैको अस्पतालमा पु¥याइएको छ। रासस/एएफ्पी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell