PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

आइपीएल : मुम्बईको लगातारको जितमा पुणेको ब्रेक, पुणे ३ रनले बिजयी



पहिलोपोस्ट

आइपीएल : मुम्बईको लगातारको जितमा पुणेको ब्रेक, पुणे ३ रनले बिजयी

आइपीएल क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा राइजिङ पुणे सुपरजाइन्टर्सले मुम्बई इन्डियन्समाथि ३ रनको रोमाञ्चक जित दर्ता गरेको छ। पुणेले मुम्बईको लगातार ६ खेलसम्मको जितको श्रृखलामा पनि ब्रेक लगाएको छ। जितसँगै पुणे ८ अंकका साथ अंकतालिकाको चौथो स्थानमा छ। समान अंक रहेको सनराइजर्स हैदरावाद रनरेटका आधारमा पुणेभन्दा अघि छ। 

पुणेको कसिलो बलिङ सामु निरीह बनेको मुम्बईको टिम १५७ रनमा समेटिएको थियो। पुणेलाई महत्वपूर्ण जित दिलाउने क्रममा बेन स्टोकले ४ ओभरमा २१ रन खर्चेर दुई विकेट लिए। मुम्बईका कप्तान रोहित शर्माले टिमका लागि ५८ रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन। 

टस हारेर ब्याटिङको निम्तो पाएको पुणेले ओपनर अजिंक्य रहाणेको ३८ र राहुल त्रिपाठीको ४५ रनको मदतले १६० रन बनाएको थियो। यसको इनिङमा मनोज तिवारीले २२ रनको योगदान दिएका थिए। अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन।

१६१ रनको लक्ष्य पछ्याएको मुम्बई ३५ रनमा पहिलो विकेट गुमाएको थियो। कप्तान शर्माको ५८ र ओपनर पार्थिव पटेलको ३३ रनबाहेक मुम्बईको इनिङमा अन्य ब्याट्सम्यानको योगदान उल्लेख्य रहेन।

बलिङतर्फ मुम्बईका जसप्रित बुमराह र करण शर्माले दुई/दुई विकेट लिए। पुणेका स्टोक र जयदेव उनडकटले दुई/दुई विकेट लिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell