PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

भरत रायमाझी पुनः स्पेनको राजदूतमा सिफारिस, संसदीय सुनुवाइ प्रक्रिया सुरु



पहिलोपोस्ट

भरत रायमाझी पुनः स्पेनको राजदूतमा सिफारिस, संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौँ : सरकारले भरत रायमाझीलाई पुनः स्पेनको राजदूतमा सिफारिस गरेको छ। फागुन ९ गते नै रायमाझीको नाम राजदूतमा सिफारिस भए पनि दूतावास नै नभएको देशमा राजदूत सिफारिस गरेको भन्दै सरकारको आलोचना भएपछि नाम सूचीबाट फिर्ता गरिएको थियो। स्पेनमा दूतावास खोल्ने निर्णय गर्दै सरकारले रायमाझीलाई पहिलो राजदूतका रुपमा सिफारिस गरेको थियो।

विवादका कारण रायमाझी र युएईका लागि प्रस्तावित आशा लामाको नाम सरकारले संसदीय सुनुवाइका लागि पठाएको थिएन।  

तर, सरकारले पुनः रायमाझीलाई राजदूतमा सिफारिस गरेको हो। परराष्ट्र मन्त्रालयको वैशाख ७ गतेको पत्राचार अनुसार रायमाझीको नाम संसदीय सुनुवाइका लागि प्राप्त भएको छ। संसदीय सुनुवाइ विशेष समितिले वैशाख २० भित्र उजुरी दिनेगरी सुनुवाइको प्रक्रिया समेत अघि बढाएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीको कोटाबाट राजदूतमा सिफारिस भएको रायमाझी नेपाली सेनाका पूर्व सहायक रथी समेत हुन्। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा पनि उनको नाम राजदूतमा सिफारिस भएको थियो।

वर्तमान सरकार गठनसँगै प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइका क्रममा विचाराधीन रहेको अवस्थाबाट फिर्ता लिइएको थियो। त्यसबेला उनी युइएका लागि राजदूतमा सिफारिस भएका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell