PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

कञ्चनपुरमा शङकास्पद अवस्थामा शव फेला



पहिलोपोस्ट

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाको जयनारायण पेट्रोल पम्प नजिक खेतमा आज अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको छ। 

ट्याक्टर चालकका रुपमा कार्यरत बेलौरी नगरपालिका सडक घाट घर भएका सन्तुराम चौधरीको शव खेतमा प्रहरीले फेला पारेको हो। 

शव खेतमा शंकास्पद अवस्थामा फेला परेकाले अनुसन्धानको कार्य भइरहेको इलाका प्रहरी कार्यालय कृष्णपुरले जनाएको छ। चौधरीको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। रासस


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell