PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

नेपाल ३६ वर्षपछि एसियाली स्क्वासमा



पहिलोपोस्ट

नेपाल ३६ वर्षपछि एसियाली स्क्वासमा

काठमाडौं : ३६ वर्षपछि एसियाली स्क्वास च्याम्पियनसिपमा नेपालका दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। 

भोली बुधबारदेखि आगामी आइतबार (अप्रिल २६-३० तारिख) सम्म भारतको चेन्नाईमा हुने च्याम्पियनसिपको १९औं संस्करणमा नेपालबाट अमृत थापा र अरहान्तकेशर सिंहले मेन्स सिंगल्समा प्रतिस्पर्धा गर्नेछन्। 

सातौं राष्ट्रिय खेलकुदको प्रशर्दनका आधारमा खेलाडी छनोट गरिएको नेपाल स्क्वास र्‌याकेट्स संघका महासचिव सुरेश गुरुङले बताए। 

सातौंमा अमृत पहिलो र अरहान्त दोश्रो भएका थिए। अफिसियलमा संघका प्रमुख सल्लाहकार कविर चित्रकार छन्। च्याम्पियनसिपमा १३ देशका कूल ७१ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। पुरुषतर्फ ४२ र महिलातर्फ २९ खेलाडी सहभागी हुनेछन्।

भारतीय स्क्वास र्‌याकेट्स महासंघको आयोजनामा हुन लागेको च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली आज चेन्नाई प्रस्थान गर्दैछ।

नेपालले १९८१ पछि पहिलोपल्ट प्रतियोगितामा सहभागिता जनाउन लागेको हो। पाकिस्तानको कराँचीमा त्यसबेला भएको प्रतियोगितामा नेपालबाट सन्जिव राजभण्डारी, अनिल सिंह र सत्य नारायणले प्रतिस्पर्धा गरेका थिए।

पुरुषतर्फको खेल तालिका 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell