PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

आइपीएल : ब्राभो आउट, इर्फान पठान इन



पहिलोपोस्ट

आइपीएल : ब्राभो आउट, इर्फान पठान इन

गुजरात लायन्सले अलराउण्डर ड्वाने ब्राभोको स्थानमा भारतीय अलराउण्डर इर्फान पठानलाई आइपीए-१० का लागि टिममा भित्र्याएको छ।

ह्यामस्ट्रिङ इन्जुरीका कारण यस सिजन जुगरातको लागि कुनै पनि खेल नखेलेका ब्राभोले दुई दिन अघि यस सिजन आइपीएल खेल्न नसक्ने घोषणा गरेका थिए। 

गत फेब्रुअरीमा भएको अक्सनमा ५० लाख भारतीय रुपैयाँ बेस प्राइज रहेको पठान कुनै पनि टिममा बिकेका थिएनन्। 


३२ वर्षीय पठाले अहिलेसम्म आइपीएलमा चेन्नाई सुपर किंग्स, दिल्ली डेयरडेभिल्स, किंग् एलेभेन पञ्जाव, सनराइजर्स हैदरावाद र राइजिङ पुने सुपरजायन्टस गरी ५ टिमबाट खेलिलसकेकँ छन्। 

उनले १०२ खेलबाट ८० विकेट लिएका छन् भने ११ सय ३७ रन समेत बनाएका छन्। 

ब्राभोले यस सिजन दोस्रो राउण्डमा गुजरात लायन्सका लागि खेल्ने आश गरिएपनि पूर्ण रुपमा फिट नभएका कारण खेल्न नसक्ने बताएका हुन्। 
गत वर्ष पहिलो सिजनमै प्लेअफमा पुगेको लायन्सले यसपटक भने ७ खेलमा २ खेल मात्र जितेको छ र सातौँ स्थानमा छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell