PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

संसद् खुलाउने विषयमा शीर्ष नेताको बैठक बस्दै, संख्या नथप्न एमालेको अडान 



पहिलोपोस्ट

संसद् खुलाउने विषयमा शीर्ष नेताको बैठक बस्दै, संख्या नथप्न एमालेको अडान 

काठमाडौँ : व्यवस्थापिका संसद्को बैठक सुचारु गर्ने विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बस्दैछ। प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधका कारण मंगलबार बैठक अवरुद्ध भएको थियो। सदन सुचारुबारे प्रधानमन्त्रीसहितका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा  
बिहान १०ः३० मा बस्दैछ। 

प्रतिपक्ष दल एमालेले निर्वाचन घोषण गरेको अवस्थामा स्थानीय तहको संख्या बढाउन जिल्लाहरुमा पत्राचार गरेको भन्दै सदनको कारवाहीमा अवरोध पुर्‍याएको  थियो।

संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको संयोजकत्वमा गठित अध्ययन समितिले आन्दोलनरत मधेसी मोर्चाको माग पूरा गर्न भन्दै प्रदेश २ र ५ का ११ जिल्लामा स्थानीय तह थप्न लागेको एमालेको आरोप छ।

एमालेको अवरोधका कारण मंगलबारको संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
    
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell