PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

‘भूमध्यसागरीय क्षेत्र हुँदै यूरोप पुग्ने शरणार्थी संख्यामा वृद्धि’



पहिलोपोस्ट

‘भूमध्यसागरीय क्षेत्र हुँदै यूरोप पुग्ने शरणार्थी संख्यामा वृद्धि’

जेनेभा : सन् २०१७ को जनवरीदेखि हालसम्म जम्मा ४३ हजार आप्रवासी तथा शरणार्थी भूमध्यसागरीय क्षेत्रको बाटो युरोप पुगेका अन्तर्राष्ट्रिय आप्रवासी शरणार्थी संगठन आइओएमले सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ। 

पछिल्लो तथ्याङ्क अनुसार सन् २०१७ मा युरोप पुग्ने धेरैजसो आप्रवासी शरणार्थीको युरोप प्रवेश इटाली हुँदै भएको बताइएको छ। इटालीमा ३६ हजारभन्दा बढी शरणार्थी यस वर्षको सुुरुमा नै प्रवेश गरेका थिए। 

आइओएमले यस वर्ष अहिलेसम्म गत वर्षको सोही अवधिको तुलनामा इटाली हुँदै युरोप छिर्ने आप्रवासी संख्या ४५ प्रतिशतले वृद्धि हो। आप्रवासीद्वारा युरोप छिर्न प्रयोग गर्ने गरेको उत्तर अफ्रिकी तथा इटालीका सामुद्रिक बाटो यात्राका लागि सबैभन्दा खतरा बाटो हो। 

सन् २०१७ मा भूमध्यसागरीय बाटो हुँदै युरोप छिर्ने क्रममा हालसम्म एक हजार ८९ आप्रवासीको मृत्यु भएको छ। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell