PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

सेनेगलमा डुङ्गा दुर्घटना, २० जनाको मृत्यु ५० को उद्धार



पहिलोपोस्ट

सेनेगलमा डुङ्गा दुर्घटना, २० जनाको मृत्यु ५० को उद्धार

डाकर : सेनेगलको सामुद्रिक क्षेत्रमा अवस्थित बेटान्टी सहर नजिकै एउटा काठको डुङ्गा दुघटना हुँदा त्यसमा सवार कम्तीमा २० यात्रुको मृत्यु भएको स्थानीय उद्धारकर्मीहरुले मङ्गलबार जनाएका छन्। 

घटनामा एकजना अझै बेपत्ता छन् भने करिब ५० व्यक्तिको सकुशल उद्धार गरिएको छ। 

स्थानीय समयानुसार सोमबार राति भएको डुङ्गा यात्राका क्रममा एक्कासी पल्टिएपछि केही मानिस समुद्रमा पौडी खेलेर उद्धारको प्रतिक्षामा बसेका थिए भने केहीको डुबेर मृत्यु भएको सेनेगलका वरिष्ठ राष्ट्रिय वारुण नियन्त्रण अधिकारीले बताएका छन्। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell