PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ



पहिलोपोस्ट

श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

गाईघाट : श्रीमती हत्याको आरोपमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ असारी बस्ने ६२ वर्षीय मनबहादुर घले गुरुङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले मंगलबार पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति मनबहादुर र निजकी श्रीमती ४६ वर्षीया सीता गुरुङबीच मादकपदार्थ सेवन गरेर झगडा भएको थियो। झगडापछि गुरुङले श्रीमतीलाई केही कुटपिट गरेपछि श्रीमतीले आत्महत्या गरेको गुरुङले प्रहरीलाई बताएको प्रहरीले जनाएको छ। 

गुरुङका छोरीसहित स्थानीयवासी कृष्णकुमारी मगरले कुटपिटका कारण नै मृत्यु भएको भन्दै उजुरी दिएको प्रहरीले बताएको छ। सीताको शवपरीक्षण भइसकेको र प्रहरीले मनबहादुरलाई मंगलबार नै म्याद थप गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताए। 

अनुसन्धान सुरु भइसकेको र अनुसन्धानपछि मात्र वास्तविक तथ्य कुरा बाहिर आउन सक्ने पनि प्रहरीले बताएको छ। स्थानीयवासी विदुर राउतका अनुसार गुरुङ असरीमा रहेर मजदुर काम गर्दै आएका थिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell