PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

च्याम्पियन्स : ट्रफी पाकिस्तानको टोली घोषणा, अजर र उमरको कमब्याक



पहिलोपोस्ट

च्याम्पियन्स : ट्रफी पाकिस्तानको टोली घोषणा, अजर र उमरको कमब्याक

जुन १ बाट इंगल्याण्डमा हुने च्याम्पियन्स क्रिकेटका लागि विकेटविकपर कप्तान सर्फराज अहेमदको कप्तानीमा १५ सदस्यीय पाकिस्तानी टोली घोषणा भएको छ। टोलीमा अजर अली र उमर अकमलले कमब्याक गरेका छन्। 

गत जनवरीमा अष्ट्रेलियासँग सिरिज ४-१ ले गुमाएपछि वेष्ट इन्डिज टुरमा अजर अकमल समावेश थिएनन्। 

यता पाकिस्तान सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ दी टुर्नामेन्ट चयन भएका कमरान अकमल भने ड्रप भएका छन्। 

यस्तै दुई नयाँ खेलाडी फहिम असरफ र फकर जमानले पटि टोलीमा स्थान बनाएका छन्। फकरले वेष्ट इन्डिज विरुद्ध ४ टी-२० खेलेपनि वान डेमा भने डेब्यु गर्न बाँकी छन्। 

पाकिस्तानी टोली
सर्फ्राज अहेमद (कप्तान), अहेमद शेहजाद, अजर अली, मोहम्मद हाफिज, बाबर अजम, शोएम मलिक, उमर अकमल, इमाद वासिम, फकर जमान, फहिम असरफ, मोहम्मद आमिर, वाहव रियाज, जुनइद खान, हसन अली, शदाव खान

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell