
काठमाडौ : स्थानीय तह निर्वाचन लागि संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधवार घोषणा पत्र सार्वजनिक गरेको छ।
रायमाझी आयोगले जनआन्दोलन दबाउने प्रमुख दोषी ठहराएका अध्यक्ष कमल थापाले सार्वजनिक गरेको घोषणापत्रमा ०६२/६३ को जदनआन्दोलनलाई पनि जनक्रान्तिको संज्ञा दिइएको छ।
राप्रपाले सार्वजनिक गरेको घोषणापत्रमा राप्रपाले चुनाव जितेका गाउँपालिका र नगरपालीकामा रहेका सरकारी कार्यलयमा, विद्यालय र सार्वजनिक संस्थानमा पृथ्वीनारायणा शाहको तस्विर झुन्डाउने कार्यक्रम घोषणापत्रमा समेटिएका छ। यससँगै उसले पृथ्वी जयन्तिको दिन पुष २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक विदा दिने घोषणा गरेको छ।
नेपालबन्द निषेध गर्ने, एक घर एक रोजगारीसहितका योजनाहरु पनि घोषणा पत्रमा रहेकाछन्।
चुनाव सम्पन्न भएको एक महिनाभित्र आर्थिक अवस्थाको सर्वेक्षण गर्ने र विपन्न परिवारका लागि सुविधाका कार्यक्रम ल्याउने तथा पाँच वर्षभित्र गरीबीको रेखामुनी रहेका परिवारलाई माथि उकास्ने कार्यक्रम पनि घोषणापत्रमा उल्लेख छ्न्।
'हामीले चुनाव जितेका गाउँ र नगरपालीकामा एक महिना भित्र नै पृथ्वीनारायण शाहको तस्विर झुन्डाउने र पुष २७ गतेलाई एकता दिवसको रुपमा सार्वजिक विदा दिने निर्णय गर्नेछौं,' थापाले भने, 'शिक्षामा विकासको लागि माध्यमिक तहसम्म निःशुल्क शिक्षा, जेहेन्दार विद्यार्थिलाइ छात्रबृत्रिको लागि डाक्टर र इन्जिनियर अध्ययनका लागि विदेश पठाउन प्रोत्साहन गरिने छ।'
उनले विजय हासिल गरेको गाउँ र नगरपालिकालाई भष्टचारमुक्त बनाउने पनि घोषणा गरे।
हिन्दु धर्मको एजेन्डा बोकेर हिडेको राप्रपाले धर्म परिवर्तन रोक्ने घोषणा गर्दै गौपालनका लागि सहुलियत ऋण दिने घोषणपत्रमा उल्लेख गरेको छ।
बिपन्न परिवारलाई सुपोषणाको लागि शिशु जन्मने वितिकै ५ हजार उपलवब्ध गराउने घोषणा पत्रमा उल्लेख गरेको छ।
राप्रपाले आफुले वियज गरेको गाउँ र नगरपालिकामा बन्द निषेधीत क्षेत्र घोषणा गर्ने र कहिल्यै नेपाल बन्द नगर्ने पनि प्रतिबद्धता जनाएको छ।
स्थानीयतहको निर्वाचन नजिकिदै जाँदा राजनीतिक दलहरुले घोषणा पत्र सार्वजिनक गर्न थालेका छन्।
मंगलवार मात्र नेपाली कांग्रेसले स्थानीय चुनाव ३०७४ का लागि घोषणा-पत्र सार्वजनिक गरेको थियो।