PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वीरगन्जको गाछीटोलमा लागेको आगलागी नियन्त्रण, २१ घर जल्दा ६० लाखको क्षति



राधेश्याम पटेल

वीरगन्जको गाछीटोलमा लागेको आगलागी नियन्त्रण, २१ घर जल्दा ६० लाखको क्षति

वीरगन्ज : वीरगन्ज–२१ पटेलनगरको गाछीटोलमा बुधबार मध्यान्ह १२ बजेदेखि लागेको आगलागी करिब ४ घण्टापछि नियन्त्रणमा आएको छ। स्थानिय, सुरक्षाकर्मी, वरुणयन्त्रकर्मीको कडा मेहिनेतपछि आगलागी नियन्त्रणमा आएको हो।

आगलागीमा परी करिब ६० लाखको क्षति भएको पर्सा प्रहरीको अनुमान छ। लामखुटेलाई धपाउन स्थानिय जादोराउत कुर्मीको घरमा बालिएको घुरबाट आगो सल्किएर आगलागी भएको थियो।

आगालागी भएको ठाउँ आसपास पानीको सुविधा पर्याप्त मात्रामा नभएको र वरुणयन्त्र आउन ढिलो गरेपछि आगालागीमा बढि क्षति हुन गएको टोलका अगुवा जतन राउत कुर्मीले बताए।

आगलागीमा परि जादोराउत कुर्मी, हृदय राउत कुर्मी, केदार राउत कुर्मी, श्रवण पटेल, धर्मदेव राउत कुर्मी, नरेश राउत कुर्मी, रामबाबु राउत कुर्मी, सुखाडी राउत कुर्मी, गरिब राउत कुर्मी, पशुराम राउत कुर्मी, पानालाल राउत कुर्मी, मुकेश पटेल, जीतेन्द्र पटेल, दिपेन्द्र पटेल, गणेश राउत कुर्मी, जयराम राउत कुर्मीलगायतको घर जलेर नष्ट भएको हो।

आगलागीमा परी लत्ताकपडा, नगद, दुई वटा बाख्राका पाठा जलेर नष्ट भएको पर्सा प्ररहरीका प्रवक्ता चक्राराज जोशीले जानकारी दिए।

आगलागीमा परी सबै भन्दा बढि क्षति जादोलाल राउत कुर्मीको भएको प्रहरीले बताएको छ। आगलागीमा परी उनले नयाँ घर बनाउन दश दिन अघि ऋण काढेर छिमेकी बैंकबाट ल्याएका दुई लाख रुपिया, घर, काठ, चौपाया गरी करिब ६ लाखको क्षति भएको प्रहरीको दावी गरेको छ।
अन्य टोलवासीको करिब एक जनाको तीन लाखको क्षति भएको अनुमान गरिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell