PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

एकीकरणको एक सातामै राजपाको नाम परिवर्तन, पछाडि नेपाल थपियो



पहिलोपोस्ट

एकीकरणको एक सातामै राजपाको नाम परिवर्तन, पछाडि नेपाल थपियो

काठमाडौँ : एकीकरण भएका ६ मधेस केन्द्रीत दलहरुले नाम परिवर्तन गरेका छन्। यसअघी एकीकरण गर्दा पार्टीको नाम राष्ट्रिय जनता पार्टी राख्ने निर्णय गरेका मधेस केन्द्रीत दलहरुले नामको पछाडी 'नेपाल' राखेर दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन्।

राष्ट्रिय जनता पार्टी नाम गरेको दल पहिला नै निर्वाचन आयोगमा दर्ता भएको थियो।

तराई–मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी र मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)ले ७ बैशाखमा एकताको घोषणा गरेका थिए। त्यसको ठिक छ दिनपछि आयोगमा उनीहरुले पछाडी नेपाल राम राखेर दर्ताका लागि निवेदन दिएका हुन्।

आज एकीकृत पार्टीका केन्द्रीय नेताहरूले निर्वाचन आयोगमा पुगेर दलहरू एकीकरण गर्ने निर्णय भएको र  दलको नाम ‘राष्ट्रिय जनता पार्टी नेपाल’ राखिएको जानकारी दिएका हुन्।

दलहरुले एकीकरण भएको दलको चुनाव चिह्न छाता भएको तथा आफ्ना सबै गतिविधिहरु यसै दल तथा चुनाव चिह्नमार्फत सञ्चालन गर्ने जानकारी आयोगलाई गराएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell