
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'नेपाल म्यागेजिन'को कभर प्रति कटाक्ष गरेका छन्। कान्तिपुर पब्लिकेशनको 'नेपाल' साप्ताहिकले ३ वैशाखमा 'कमरेड मैमत्त' भन्दै कभर स्टोरी प्रकाशित गरेको थियो।
नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा ओलीले समाचार लेख्ने पत्रकारको नाम भने आफूलाई याद नभएको बताए। एक वर्षअघि ओलीलाई नेपाल म्यागेजिनले 'वर्ष व्यक्ति' को रुपमा चुनेको थियो। त्यसको ठीक एक वर्षपछि म्यागेजिनले ओलीको व्यवहारबारे समाचार प्रकाशित गरेको थियो।
पत्रकार माधव बस्नेतले लेखेको समाचारमा ओलीको देवत्वकरण भएको उल्लेख छ।
ओलीले कार्यक्रममा सरकारको आलोचना गर्दै गर्दा 'गैरजिम्मेवारपूर्ण ढंगले बल मिच्याँइपूर्ण ढंगले आउन खोजिराखेको' बताए। उनले भने – 'सरकार बढी अहम् का साथ आएको छ।'
लगत्तै उनले अहमको विषयलाई कभर स्टोरीसँग जोडे-
मेरो भव्य फोटो अगाडि राखेर मैमत्त, अलिक एग्रेसिभ। धन्न सिङ हालिदिएन। सिङ हाल्न बिर्सएछ क्यारे। सिङ हालेनन् तैपनि मैमत्त नेता भनेर फ्रन्ट पेजमा राखे। म्यागेजिन भन्छ क्यारे त्यसलाई। म्यागेजिन जस्तै के हो त्यो!
मलाई शीर्षक सम्झना छ। लेख्यो कसले, लेख्यो के, भन्ने झुटमुटका कुराहरुलाई र गलत नियत र मनसायका साथ आएको हुनाले मैले केही भनिरहनु परेन।
मैमत्तको कुरा होइन। हामीमा दृढता चाहिँ छ।
त्यसले लेखेको छ - देवत्वकरण भनेर। देवता बनाएको हुनाले।
मेरो कतै शालिक बनाएको छैन। कतै पूजा गरेको छैन। फूलमाला लगाइदिएको नेता भनेर सम्मान गरेको हो। देवता भनेर पूजा गरेको होइन। नबुझेको हो भने कुन पत्रकार हो।
फूल दिने बित्तकै, फूल दिएको देखेर पत्रकारले फूल त भित्तालाइ चढाउँथे। के गरेको हो भन्ने पर्यो होला।
स्रोत : इकान्तिपुर
...
ओलीले 'देशभक्त शक्तिको आवाज सानो हुने र मुठ्ठिभर शक्तिको आवाज ठूलो हुने अवस्था' बनेको बताए।
साथै फेसबुकमा भाइरल भैरहेको विषयमा समेत कुरा उठाए। उनले निर्वाचन प्रचारका लागि कतिपय विदेशबाट एक्सपर्ट हायर भएको उल्लेख गरे।