PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

संविधान संशोधनलाई असफल पार्ने एमालेसहित प्रतिपक्षी गठबन्धनको निर्णय



पहिलोपोस्ट

संविधान संशोधनलाई असफल पार्ने एमालेसहित प्रतिपक्षी गठबन्धनको निर्णय
फोटो : रासस

काठमाडौं : नेकपा एमालेको नेतृत्वमा रहेको प्रतिपक्षी गठबन्धनले सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई असफल पार्ने रणनीति लिने भएको छ।

बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले अगाडि बढाएको संविधान संशोधनमाथि नै अर्को संविधान संशोधन राखेर प्रक्रियामा सहभागिता जनाउने निर्णय गरेको हो।

बैठकपछि एमाले संसदीय दलका नेता सुवास नेम्वाङले भने, 'हामी संशोधनमाथि संयुक्त र छुट्टाछुट्टै संशोधन राख्छौँ। आफूले राखेको संशोधन पारित गराउने प्रयसा गर्नेछौँ।'

नेम्वाङले त्यसपछि सरकारले राखेको संशोधन असफल बनाउन अगाडि बढ्नेसमेत बताए। 'संशोधनलाई पराजित गर्न आवश्यक भूमिका निकाल्ने निष्कर्षमा पुगेका छौँ।'

यस्तै नेकपा मालेका महासचिव सीपी मैनालीले सरकारले ल्याएको संविधान संशोधन पारित गर्न दुई तिहाइ पुर्‌याउन नदिने बताए।  

बैठकमा निर्वाचन घोषणा भएपछि स्थानीय तहको संख्या बढाउने सरकारको तयारीका बारेमा पनि छलफल भएको थियो।

बुधबार संसदबाट संविधान संशोधन विधेयक स्वीकृत भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell