PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि सेना सडकमा



पहिलोपोस्ट

 स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि सेना सडकमा

काठमाडौँ : स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालनका लागि स्वीकृति प्रदान गरेकी छिन्। निर्वाचनका लागि ठीक १६ दिनको समय बाँकी रहँदा सेना परिचालन भएको हो।

संविधानको धारा ६६ को उपधारा २ मा सेना परिचालनको निर्णय राष्ट्रपतिबाट हुने उल्लेख छ। मन्त्रिपरिषद्ले वैशाख ३१ गतेको निर्वाचनको सुरक्षाका लागि २०७३ चैत २९ गते सेना परिचालनका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो। 

सुरक्षा परिषद्ले २०७३ चैत ९ गते स्थानीय तहको निर्वाचनका लागि एकीकृत तथा समन्वयात्मक रुपमा नेपाली सेना परिचालन गर्ने  निर्णय गरेको थियो। 

नेपाली सेना परिचालनको निर्णय नभए पनि सेनाले मतपत्र छपाइमा सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा सुरक्षा दिँदै आएको छ।
 
एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेना निर्वाचनको बाहिरी घेरामा रहनेछ। सेनाले मतपत्र ढुवानीमा सहयोग गर्नेछ भने निर्वाचन क्षेत्रमा सुरक्षा गस्ती गर्नेछ। त्यस्तै सेनाले हवाई गस्ती समेत गर्नेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell