काठमाडौ : मानव बेचबिखन तथा ओसार पसारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले सिन्धुपाल्चोक सिपा पोखरी-४ घर भइ हाल जोरपाटी बस्ने ३८ वर्षीय सरोज भन्ने तोक बहादुर तामाङ, झापा जुरोपानी वडा नं. ५ घर भइ बागबजार बस्ने ४८ वर्षीय मेदनी प्रसाद प्रसाई र सिन्धुपाल्चोक मार्मिङ गाविस घर भइ हाल गोकर्णेश्वर-८ बस्ने ३६ वर्षीय निमा तामाङ रहेका छन्।
त्यसै ओमन पठाउनको लागि नयाँ बसपार्कको एक होटेलमा राखिएका दुई युवतीको उद्दार समेत गरेको हो। पक्राउ परेका तोकबहादुर तामाङले विभिन्न जिल्लाबाट महिलाहरुलाई प्रलोभनमा परी काठमाडौं ल्याएर होटेलमा राख्ने काम गर्थे। त्यस्तै प्रसाईले महिलाको राहदानी संकलन गरेर दिल्ली जानेसम्मको टिकटको प्रवन्ध गर्थे। निमा तामाङले राहदानी दिल्ली कुरियर गर्ने गर्थे।
गिरोहले दिल्लीको विमानस्थल हुँदै विभिन्न मार्गबाट ओमन पुर्यालउने गरेका थिए। महिलाहरुलाई कुवेत पठाउने भन्दै १ लाख ३० हजारसम्म लिने गरेको अनुसन्धानमा खुलेको छ।