PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

निजी विद्यालयको महँगो शुल्कविरुद्ध विद्यार्थी संगठनहरुको आन्दोलन



पहिलोपोस्ट

निजी विद्यालयको महँगो शुल्कविरुद्ध विद्यार्थी संगठनहरुको आन्दोलन

काठमाडौं : विभिन्न विद्यार्थी संगठनले सरकारले तोकेको मापदण्ड विपरित शुल्क उठाउने निजी विद्यालय विरुद्ध विभिन्न आन्दोनका कार्यक्रमहरु घोषणा गरेको छन्। बिहीबार नेविसंघको कार्यलयमा बसेको बैठकले वैशाख १५ गतेदेखि १८ गतेसम्मको लागि आन्दोलनको कार्यक्रम तय गरेको छ।

आन्दोलनको कार्यतालिका अनुसार १५ गते शिक्षा विभाग र देशभरका जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्ने, १७ गते शिक्षामन्त्री, शिक्षा कार्यलयका पदाधिकारी र निजी विद्यालय संचालक पदाधिकारीलाई सार्वजनिक बहिस्कार गर्ने र १८ गते सवारी साधनमा अवरोध गर्ने कार्यक्रमहरु रहेका छन्।

माध्यामिक तहसम्मको शिक्षा नि:शुल्क गर्ने सरकारको निर्णय कार्यान्वयन हुनुपर्ने, कुल बजेट मध्ये २५ प्रतिशत बजेट शिक्षामा बिनियोजन गर्नुपर्ने, निजी विद्यालले बृद्धि गरेको शुल्क तत्काल फिर्ता नगरे थप आन्दोलनका कार्यक्रमहरु तय गर्ने लगायतका निर्णयहरु समेत गरेको छ। विद्यार्थी संगठनले चर्को शुल्क लिने राजधानीका ३ दर्जनभन्दा बढी विद्यालयमा बुधबार तालाबन्दी समेत गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell