PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

सुरु भयो मच्छिन्द्रनाथको जात्रा, फोटोमा हेर्नुस् रथारोहण

सुरु भयो मच्छिन्द्रनाथको जात्रा, फोटोमा हेर्नुस् रथारोहण

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : नेपालकै सबैभन्दा लामो जात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ। बिहिबार कटुवाल दहमा विशेष पूजा गरी मच्छिन्द्रनाथको मूर्तिलाई चाँदीको कलशमा राखेर पाटनको तबहालमा ल्याइएको छ। 

ललितपुर स्थित रातो मत्स्येन्द्रनाथको जात्राको सुरूआतमा सर्वप्रथम म्हेपिदों हालको म्हेपी डाँडाको माटोबाट श्री करुणामयको मूर्ति बनाइ कलशमा रहेको भँवरारूपी देवताको आत्मा त्यस माटाको मूर्तिमा प्रतिस्थापन गरेर रथमा राखिएको हो। 

साँझ करिब सात बजेतिर मूर्तिको रथारोहण गरिएपछि करिब दुई महिना लामो यो जात्रा सुरु भएको हो। वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरिसकेपछि अक्षय तृतियाका दिन गौदानसहितको शान्ति स्वस्तिपश्चात् चौथी तिथिमा रथयात्रा आरम्भ गरिन्छ। यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ। त्यसपछि मच्छिन्द्रनाथलाई बुङमतीमा लगेर राखिन्छ। 

हेर्नुस् इलिट जोशीले खिचेका रथारोहणका केही फोटो 
 


ट्रेन्डिङ पोस्ट

Ncell