PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

काठमाडौं महानगरपालिकाको मेयरमा हिमालयन टाइगरको उम्मेदवारी



पहिलोपोस्ट

काठमाडौं महानगरपालिकाको मेयरमा हिमालयन टाइगरको उम्मेदवारी

काठमाडौं : हिमालयन टाइगर उपनामले चर्चित नेपाली रेस्लर भरत बहादुर बिसुराल काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार दिने भएका छन्। 

यही बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि बिसुरालले स्वतन्त्र उम्मेदारको रुपमा उम्मेदवारी दिने विज्ञप्तीमा उल्लेख छ। 

नेपाली रेस्लिङको संस्थापक समेत रहेका बिसुरालको चुनावी नारा सुन्दर सभा र हराभरा- सभ्य भव्य हाम्रो काठमाडौं नगरपालिका रहेको छ।

नेपालि सेनामा समेत एक दशक भन्दा बढी समय काम गरिसकेका बिसुरालले आफ्नो ११ बुँदे एजेण्डा समेत विज्ञप्तीमा उल्लेख गरेका छन्।  

यसअघि दोस्रो संविधान सभाको चुनावमा पुष्प कमल दाहाल 'प्रचण्ड' उठेको काठमाडै क्षेत्र नम्वर १० बाट रेस्लर बिसुराल स्वतन्त्र उम्मेदवार बनेका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell