PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

जापानको गोल्डेन विकमा नेपालको 'साकुरा नाईट'



पहिलोपोस्ट

जापानको गोल्डेन विकमा नेपालको 'साकुरा नाईट'

जापानीहरुको चाड गोल्डेन विकको अवसरमा प्रवासी नेपालीहरु माझ 'साकुरा नाईट २ जापान' हुने भएको छ। सुर्य कर्पोरेसनद्वारा यो बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ।

साकुरा नाइट आउँदो मे महिनाको पहिलो हप्तामा जापानको मुख्य शहरहरुमा हुँदैछ। गायक प्रमोद खरेल, कमेडिएन सन्दिप क्षेत्रि र गायिका नलिना चित्रकारको प्रस्तुति रहनेछ।

कार्यक्रम गोल्डेन विकको पहिलो दिन २०१७ मे ३ तारिकका दिन टोक्योबाट हुनेछ र मे ४ तारिक नागोया, मे ५ तारिक ओशाका र मे ७ तारिक फुकुओकामा हुनेछ। कार्यक्रमबाट संकलित रकम सामाजिम कार्यक्रममा खर्च गर्ने बताइएको छ। नेपालमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरिने सुर्य कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारी दिएका छन्।

‘साकुरा नाईट’ नामक कार्यक्रम सुर्य कर्पोरेसनले ईन्टरनेसनल ईन्टरटेन्टमेन्ट कम्पनि ग्रिस्मा इन्टरटेन्टमेन्टसँग मिलेर गर्दै आईरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell