
काठमाडौं: कमेडी स्टार सन्दिप क्षेत्री अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। 'तीते करेली' बोलको गीत म्युजिक भिडियो सहित युट्युब मार्फत रिलिज भएको हो। भिडियोमा सन्दिपसँगै सन्ध्या भट्टराई र सुनिल क्षेत्रीले अभिनय गरेका छन् ।
सागर राजले निर्देशन गरेको भिडियोले कमेडी कथा प्रस्तुत गर्न खोजिएको छ। सिर्जना थापा परियारको स्वर रहेको गीतमा शब्द संगीत निर्देशक सागर राजकै रहेको छ।
चितवनमा छायाँकन गरिएको भिडीयोमा अनिल के मानन्धरको छायाँकन, सुनिल क्षेत्रीको नृत्य निर्देशन, बिकास ज्ञवालीको सम्पादन रहेको छ।
हेर्नुस् भिडियो: