A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6980d66709e667.15621171): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6980d66709e667.15621171,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

बालुवाटारमा अबेर राती माओवादी-एमाले २ घण्टा वार्ता, के भयो कुराकानी?
PahiloPost

Feb 2, 2026 | २० माघ २०८२

बालुवाटारमा अबेर राती माओवादी-एमाले २ घण्टा वार्ता, के भयो कुराकानी?



रमेश वाग्ले

बालुवाटारमा अबेर राती माओवादी-एमाले २ घण्टा वार्ता,  के भयो कुराकानी?

काठमाडौँ : सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच दुई घण्टा लामो छलफल भएको छ। सर्वदलीय बैठक सकिए लगत्तै बालुवाटारमा भएको दुई दलीय बैठक लामो समयसम्म चल्यो। तर बैठक पछि एमाले नेताहरुले अडान दोहोर्‍याउँदै पुरानै शैलीको प्रतिक्रिया दिए।
 
माओवादी केन्द्रले भने बैठक सकारात्मक भएको भन्दै पुनः भोली बैठक बसेर निस्कर्षमा पुग्ने बताएको छ।

'हामीले प्रधानमन्त्रीलाई तपाईको प्राथमिकता संविधान संशोधन हो कि निर्वाचन हो प्रष्ट भइदिनुहोस भनेका छौँ,' बैठक पछि एमाले उपपाध्यक्ष भीम रावलले भने, 'तपाई पहिला प्रष्ट भए हामीलाई प्रतिपक्षबाट कस्तो व्यवहार सरकारसँग गर्ने भन्ने पनि स्पस्ट हुन्छ भनेर प्रधानमन्त्रीसँग भनेका छौँ।'

उनले माओवादी केन्द्रसँग खास सहमति केही नभएको उल्लेख गर्दै भोली नै अर्को बैठक बस्ने बताए। 

माओवादी केन्द्रका नेता वर्षमान पुनले भने दुई दलको बैठक सकारात्मक भएको बताए। 'संविधान संशोधन गरेर चुनावमा जाने विषयमा केही सकारात्मक वातावरण तय भएको छ दुई दलबीच विश्वास बढाउन बैठक सकारात्मक भएको छ,' नेता पुनले भने, 'अर्को बैठक पछि सहमतिमा पुग्नेगरी वातावरण निर्माण हुने छ।'

उनले चाँडै अर्को बैठक बस्ने सहमति भएको भन्दै त्यो बैठक पछि केही परिणाम निस्कने बताए।  

दुई दलबीच संविधान संशोधन, चुनावको मिति र मत गणनाका लागि के गर्न भन्ने विषयमा छलफल भएको हो। जेठ १५ को बजेटको मितिलाई संविधान संशोधन गरेर पछि सार्ने वा दुई चुनावका बीचमा बजेट ल्याउने भन्ने सर्वदलीय बैठककै एजेण्डमा छलफल भएको जानकारी दिइएको छ। 

दिउँसो तीन बजेका लागि सर्वदीय बैठक बोलाएका प्रधानमन्त्री पुष्पकमल दाहालले साँझ एमाले नेताहरुलाई बालुवाटार डाकेका थिए। दिउँसोको बालुवाटारकै दुईनम्बर गेट नजिकको ठुलो हलमा सर्वदीय बैठक राखेका थिए। लगत्तै एमाले नेताहरुलई बालुवाटार प्रचण्डले आतिथ्यता दिएका हुन्। 

साँझ ६ बजे नै बालुवाटार पुगेका एमाले नेताहरुसँग सर्वदलीय बैठक जारी रहेका बेला बालुवाटार पुगेका नारायणकाजी श्रेष्ठले 'रिसिभ' गरेका थिए।

सर्वदलीय बैठकमा अग्नी खरेल, भानुभक्त ढङ्कालाई मात्र पठाएका एमाले अधयक्ष ओली प्रधानमन्त्रीसँगको बैठकका लागि भने वरिष्ठ नेता माधवकुमा नेपाल र उपाध्यक्ष भीम रावलसहित बालुवाटार पुगेका थिए।

सधैँजसो नछुटाउने संसदीयदलका उपनेता सुवास नेम्बाङ भने बैठकमा सहभागि थिएनन्।
 
लामै चलेको बैठकको अन्त्यमा माधव नेपाल करिब आधा घण्टा अगावै बाहिरिएका थिए भने माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि अगाडी नै बाहिरिएका थिए।
 
अन्तिमको बैठकमा माओवादीका तर्फबाट प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड र नेता वर्षमान पुन अनि एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावल मात्र बसेका थिए।

उनीहरुबीच आधा घण्टासम्म पुन: छलफल भएको थियो। 'गोप्य' राखिएको छलफलका विषय भने बाहिर आउन सकेको छैन।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell