PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

आइपीएल : सनराइजर्स हैदरावादको पाँचौ जित



पहिलोपोस्ट

आइपीएल : सनराइजर्स हैदरावादको पाँचौ जित

आइपीएल अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा सनराइजर्स हैदरावादले किंग्स एलेभेन पञ्जावलाई २६ रनले पराजित गरेको छ। 

तीन खेलाडीको अर्धशतक मद्दतमा २०७ रन बनाएको हैदरावादले पञ्जावलाई १८१ रनमा रोक्दै यस सिजनको पाँचौ जित हासिल गरेको हो। पञ्जावको भने यो पाँचौ हार हो। 

जितपछि ९ खेलबाट ११ अंक जोडेको हैदरावाद तेस्रो स्थानमा यथावत छ। ८ खेलबाट ६ अंक मात्र रहेको पञ्जाव छैटौँ स्थानमा छ।

मोहलीमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले कप्तान डेविड वार्नर, शिखर धवन र केन विलियमसनको अर्धशतक मद्दतमा ३ विकेट गुमाउँदै २०७ रन बनाएकव थियो। धवनले ४८ बलमा ९ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ७७ रन बनाए। यस्तै विलियमसनले ५४ तथा वार्नरले ५१ रन जोडे।

पञ्जावका कप्तान ग्लेन म्याक्सवेलले २ विकेट लिए।

हैदरावादले यस सिजन २ सय भन्दा बढी रन स्कोर गरेको यो दोस्रो पटक हो। उद्घाटन खेलमा बैंगलोर विरुद्ध पनि हैदरावादले २०७ रन नै बनाएको थयो।

जवाफमा शन मार्सले ८४ रन बनाएपद्दि पञ्जावले २०८ रनको लक्ष्य भेट्टाउन सकेन। पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो। मार्सले ५० बल खेल्दै १४ चौका र २ छक्का प्रहार गरे। इयान मोर्गनले  २६ तथा मार्टिन गप्टिलले २३ रन बनाउनु बाहेक अन्य खेलाडीकव प्रदर्शन राम्रो रहेन।

बलिङमा हैदरावादका आशिस नेहरार सिद्धार्थ कउले ३-३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell