
- डा. सुधा शाही
सबथोक छ जिन्दगीमा हिसाब आधा–आधा
कहिले उतार अनि कहिले चढाव आधा–आधा
केही तिम्रा कुरा केही मेरा कुरा
तिम्रो मेरो कहानीको किताब आधा–आधा
कहिले म अल्झाउँछु कहिले तिमी अल्झाउनु
यसै गरी होस् मायाको कसाव आधा–आधा
अन्तिम पाइलासम्म तिमीसँगको सफरमा
तिमीले मैले टेक्ने पढाव आधा–आधा ।