PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

साझा पार्टीबाट ललितपुरको मेयर र उपमेयरमा उमेदवारी



पहिलोपोस्ट

साझा पार्टीबाट ललितपुरको मेयर र उपमेयरमा उमेदवारी

काठमाडौँ : साझा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य रमेश महर्जन तथा शोभा शाक्यले ललितपुर महानगरपालिकाको मेयर तथा उपमेयरका लागि उमेदवारी घोषणा गरेका छन्। 

मेयरमा उमेदवारी घोषणा गरेका ५३ वर्षीय रमेश महर्जन नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष हुन्। उनी नेपाल चेम्बर अफ कमर्सको कार्य समितिका सदस्य पनि हुन्। 

उपमेयरमा उमेदवारी घोषणा गरेकी ५४ वर्षीय शोभा शाक्य धार्मिक तथा सामाजिक कार्यमा संलग्न छिन्। उनी शाक्यसिंह विहारकी उपाध्यक्ष पनि हुन्। 

साझा पार्टीले आज एक विज्ञप्ति जारी गर्दै असल राजनीतिक तथा सामाजिक मूल्य र मान्यतालाई प्रतिनिधित्व गर्ने रमेश महर्जन र शोभा शाक्यलाई ललितपुर महानगरपालिका प्रमुख र उपप्रमुखको उमेदवारको रूपमा समर्थन गरेको जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell