PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

झापामा एक किलो सुनसहित तीन पक्राउ



पहिलोपोस्ट

 झापामा एक किलो सुनसहित तीन पक्राउ

सुरुङ्गा (झापा) : प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले आज बिहान शिवसतासी नगरपालिकाको झिलझिले भन्ने स्थानबाट उक्त परिमाणको सुनसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिएको छैन।

सुन कसको हो? भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताए। यसअघि शुक्रबार प्रहरीले चन्द्रगढी विमानस्थलबाट एक सय किलो चाँदीसहित दुई जनालाई पक्राउ गरेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell