
काठमाडौँ : गायक शिव भुषालको 'किन तानेको मेरो पछ्यौरी मखमली' बोलको गीत सार्वजनिक भएको छ। रोमान्टिक भाव भएको यस गीतमा मोडल एलिसा राई र पुष्पल खड्काको अभिनय रहेको छ। भिन्न शैलीमा ग्रामीण परिवेशमा अभिनय गरिएको यस गीतमा गायिका अञ्जु पन्तले गायक भुषाललाई स्वरमा साथ दिएकी छिन्।
गीतकार तथा गजलकार नृपेश उप्रेतीका शब्द सिर्जनामा संगीतकार अर्जुन पोखरेलले संगीत भरेको छन् भने गीतलाई सुब्रत आचार्यले निर्देशन गरेका छन्। सुनील क्षेत्रीको कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारीको छायांकन तथा भरत रेग्मीको सम्पादन रहेको छ।
भिडियो हेर्नुस्