PahiloPost

May 15, 2025 | २ जेठ २०८२

आइपीएल : बैंगलोरको सातौँ हार, प्लेअफ यात्रा कठिन



पहिलोपोस्ट

आइपीएल : बैंगलोरको सातौँ हार, प्लेअफ यात्रा कठिन

कप्तान विराट कोहलीले अर्धशतक बनाएपनि अन्य खेलाडीले दोहोरो अंक समेत छुन नसकेपछि रोएल च्यालेन्जर्स बैंगलोरले आइपीएलमा सातौँ हार बेहोरेको छ। शनिबार भएको पहिलो खेलमा बैंगलोर राइजिङ पुने सुपर जायन्ट्ससँग ६१ रनले पराजित भएको हो।

१० खेल खेलिसक्कदा ७ खेल हारको बैंगलोरको प्लेअफ पुग्ने सम्भावना समेत कठिन बनेको छ। कोहलीको टिमले अब प्लेअफमा स्थान बनाउने हो भने बाँकी रहेका ४ खेल जित्नैपर्ने छ भने अन्य खेलको नतिजा पनि महत्वपूर्ण हुनेछ। १० खेलबाट ५ अंक मात्र जोडेको बैंगलोर पुछारबाट दोस्रोमा छ। 

यता जितपछि पुनेले ९ खेलबाट १० अंक जोडेको छ र चौथो स्थानमा यथावत छ।

कोहली बाहेक कसैले जोडेनन् दोहोरो अंक
१५८ रनको लक्ष्य पछ्याएको बैंगलोरले पूरै २०औ ओभर खेल्दा ९ विकेट गुमाएर जम्मा ९६ रन मात्र बनाउन सक्यो।

बैंगलोरका लागि कोहलीले ४८ बलमा ५५ रन बनाए। अन्य कुनै पनि खेलाडीले व्यक्तिगत १० रन समेत बनाउन सकेनन्। 

आइपीएल सुरु हुनुअघि स्टार ब्याटिङ लाइनअफ रहेको बैंगलोरले सोही अनुसारको प्रदर्शन देखाउन सकेको छैन। 

बैंगलोरलाई अलआउट गर्न पुनेका बलरहरुले शानदार प्रदर्शन गरे। पुनेका लागि इमरान ताहिरले ३ तथा लकी फर्गुसनले २ विकेट लिए। ४ ओभर बलिङ गरेक फर्गुसनले १ मेडन राख्दै ७ रन मात्र खर्चेर २ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली पुनेले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। पुनेका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ४५ तथा राहुल त्रिपाटीले ४३ तथा रन बनाए। मनोज तिवारी ४४ रनमा नटआउट रहे। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell