PahiloPost

May 15, 2025 | २ जेठ २०८२

म्याद सकिनु १५ मिनेटअघि राति सवा १० बजे दर्ता भयो सत्तारुढ दलको तर्फबाट संविधान संशोधन प्रस्ताव



पहिलोपोस्ट

म्याद सकिनु १५ मिनेटअघि राति सवा १० बजे दर्ता भयो सत्तारुढ दलको तर्फबाट संविधान संशोधन प्रस्ताव
नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार कानुनमन्त्री अजयशंकर नायक, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक लगायत सहभागीहरु संसदमा दर्ता भएको संविधान संशोधन विधेयक संशोधनको प्रस्ताव दर्ता गराउने सम्बन्धमा सत्तापक्ष र मधेसी दलबीच छलफल गर्दै । तस्बिरः रोशन सापकोटा, रासस

काठमाडौँ : व्यवस्थापिका–संसदमा सरकारले दर्ता गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथि ५० वटा संशोधन प्रस्ताव दर्ता गरिएको छ। संशोधन दर्ता गर्न दिइएको ७२ घन्टाको समय सकिन १५ मिनेट बाँकी रहँदा सत्तारुढ दलका तर्फबाट पाँच बुँदामा संशोधन प्रस्ताव दर्ता भएको हो। 

सत्तारुढ दलको तर्फबाट मधेसकेन्द्रित दलहरुको सहमतिमा संशोधन प्रस्ताव ल्याउन साँझ ६ बजेदेखि बैठक बसेको थियो। सत्तारुढ दलहरु माओवादी केन्द्र, नेपाली कांग्रेस, राप्रपा र मधेसकेन्द्रित दलहरुको तर्फबाट तमलोपा र सदभावना पार्टीका सांसदहरुको हस्ताक्षरसहितको संशोधन प्रस्तावको दर्ता नम्बर ५० रहेको छ। 

सत्तारुढ दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच गएको वैशाख ९ गते दुई चरणमा निर्वाचन र संविधान संशोधन प्रस्ताव परिमार्जनबारे सहमति भएको थियो। यसै अनुसार आज संसदमा संयुक्त संशोधन प्रस्ताव दर्ता भएको हो।

सबैभन्दा बढी संशोधन प्रतिपक्षीहरुबाट दर्ता भएको छ। एमालेसहित प्रतिपक्षी गठबन्धनको तर्फबाट ५ दलको एउटा संयुक्त संशोधन प्रस्ताव दर्ता भएको छ। 

एमालेका सांसदहरुले व्यक्तिगत रुपमा ३१ वटा अरु संशोधन प्रस्ताव दर्ता गराएका छन्। 

यसैगरी फोरम लोकतान्त्रिकका तर्फबाट अलग्गै संशोधन प्रस्ताव दर्ता भएको छ। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell