PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

प्रिमियर लिग : सण्डरल्याण्ड रेलिगेशनमा 



पहिलोपोस्ट

प्रिमियर लिग : सण्डरल्याण्ड रेलिगेशनमा 

सण्डरल्याण्ड यस सिजन प्रिमियर लिगबाट रेलिगेशनमा पर्नै पहिलो टिम बनेको छ। शनिबार भएको खेलमा एएफसी बर्नमाउथसँग १-० ले पराजित भएपछि सण्ड्रल्याण्ड ४ खेल अगाडी नै रेलिगशेनमा पर्ने पक्का भएको हो। 

३४ खेलबाट जम्मा ५ जित मात्र हात पारेको डेविड मोएसको टोलीको २१ अंक छ र अंक तालिकाको पुछारमा छ। अब उसले बाँकी चार वटै खेल जितेपछि रेलिगेशन टार्न पर्याप्त हुनेछैन।

बर्नमाउथलाई जित दिलाउन खेलको ८८औं मिनेटमा जोसुअ किंगले एक मात्र निर्णायक गोल गरे। जितपछि बर्नमाउथ ३४ खेलबाट ४१ अंक जोड्दै दशौँ स्थानमा उक्लेको छ र रेलिगेशन सम्भावना टारेको छ।

लिगकै अन्य खेलमा साविक विजेता लेस्टर सिटीले वेष्टब्रोमलाई १-० ले पराजित गर्दै ४० अंक जोडेको छ। लेस्टर अंक तालिकामा ११औं स्थानमा छ। लेस्टरको जितमा जेमी भार्डीले निर्णायक गोल गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell