PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

दक्षिण किर्गिजस्तानमा पहिरोमा परी २४ जनाको मृत्यु



पहिलोपोस्ट

दक्षिण किर्गिजस्तानमा पहिरोमा परी २४ जनाको मृत्यु

विश्केक : दक्षिण किर्गिजस्तानको ओस प्रान्तको अयु गाउँमा शनिबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको किर्गिजस्तानको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ । 

पहिरो शनिबार राति (१२ः४० बजे) गएको र सात घरहरु पुगेको र छ घरका २० जनभन्दा बढी मानिस पहिरोमा पुरिएका प्रहरीले पुष्टि गरेको छ। अर्को एक घरमा रहेका चारजना पनि बेपत्ता रहेको अपुष्ट खबर छ। 

पहिरोले घरहरु पुरेपछि मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै तथा उनीहरुका आफन्तजनप्रति समवेदना व्यक्त गर्दै विपद् व्यवस्थापन मन्त्रीलाई घटनास्थलमा पुगी उद्धार कार्यलाई तदारुकताका साथ अघि बढाउन निर्देशन दिएका छन्। 

शनिबार दिउँसोसम्म घटनास्थलमा १०० सेनासहित २५० उद्धारकर्मी पुगी उद्धार कार्यमा जुटेका बताइएको छ। 

उद्धारकर्मीले पहिरो गएको स्थान वरपर रहेका र जोखिममा रहेका ४० घरका बासिन्दालाई सुरक्षित स्थलतर्फ सारिएको छ। रासस÷एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell