PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

संविधान संशोधनको पक्षमा मतदान गर्न राप्रपाको ह्विप 



पहिलोपोस्ट

संविधान संशोधनको पक्षमा मतदान गर्न राप्रपाको ह्विप 

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संशोधनको पक्षमा मतदान गर्न र अनिवार्य उपस्थितिका लागि सांसद्लाई ह्विप जारी गरेको हो। 

संसदीय दलको बैठकपछि राप्रपा सांसद् सुशीलकुमार श्रेष्ठले संशोधनको पक्षमा मतदान गर्ने निर्णय भएको बताए। श्रेष्ठले अनिवार्य उपस्थिति र पक्षमा मतदान गर्न ह्विप जारी भएको बताए। 

संसद्को चौथो ठूलो शक्ति राप्रपाका ३७ सदस्य छन्। यसअघि अघिल्लो संशोधन प्रस्तावको विपक्षमा उभिएको राप्रपा सरकारमा सहभागी भएसँगै संविधान संशोधनको दोस्रो विधेयकको पक्षमा उभिएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell